ला-लिगामा सेल्टा भिगोको सङ्घर्षपूर्ण जित
काठमाडौं । स्पेनिस ला-लिगा फुटबलमा सेल्टा भिगोले सङ्घर्षपूर्ण जित निकालेको छ । शुक्रवार राति भएको खेलमा सेल्टा भिगोले ओसासुनालाई १-० ले पराजित गर्दे जित निकालेको हो । भिगोको जितमा खेलको ६९ औं मिनेटमा इयागो एस्पाले पेनाल्टीबाट गरेको गोल नै निर्णायक गोल बन्यो । उक्त जितसँगै २५ खेलबाट ३२ अङ्क बनाएको भिगो तालिकाको नवौं स्थानमा उक्लिएको […]

काठमाडौं । स्पेनिस ला-लिगा फुटबलमा सेल्टा भिगोले सङ्घर्षपूर्ण जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा सेल्टा भिगोले ओसासुनालाई १-० ले पराजित गर्दे जित निकालेको हो ।
भिगोको जितमा खेलको ६९ औं मिनेटमा इयागो एस्पाले पेनाल्टीबाट गरेको गोल नै निर्णायक गोल बन्यो ।
उक्त जितसँगै २५ खेलबाट ३२ अङ्क बनाएको भिगो तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अङ्क बनाएको ओसुसाना भने गोल अन्तरको आधारमा दशौं स्थानमा छ ।
What's Your Reaction?






