ग्लोबल आईएमईले ल्यायो फोनपे क्यूआरमा चारवटा स्मार्टफोन र १ लाखको मुद्दती जित्नेसम्मका उपहार योजना

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा यो योजना १८ पुस बिहीबारदेखि १८ […]

Jan 2, 2025 - 13:56
 0
ग्लोबल आईएमईले ल्यायो फोनपे क्यूआरमा चारवटा स्मार्टफोन र १ लाखको मुद्दती जित्नेसम्मका उपहार योजना

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको छ ।

ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा यो योजना १८ पुस बिहीबारदेखि १८ माघ शुक्रबारसम्मका लागि सञ्चालनमा ल्याएको हो ।

यस उपहार योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजना अवधिमा १८० रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी फोनपे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् र योजना अवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूमध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । यो योजना अवधिमा चार जना मर्चेन्टले स्मार्टफोन जित्नेछन् ।

साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register