केपी ओलीजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन, विश्वमा पनि छैन होला : राधिका शाक्य

काठमाडौं । राधिका शाक्यले आफ्ना पति एवं प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय मान्छे भएको बताएकी छन् । शनिबार आफ्नो पुस्तक ‘करुणा’ विमोचनको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले आफ्नो पतिको प्रशंसा गरेकी हुन् । उनले भनिन्, “उहाँलाई मन नपराउनेले पहिलेदेखि नै अल्छि मान्छे हो । एउटा सिन्को पनि यताको उता नसार्ने मान्छे हो भन्थे । अहिले पिन […]

Feb 22, 2025 - 08:23
 0
केपी ओलीजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन, विश्वमा पनि छैन होला : राधिका शाक्य

काठमाडौं । राधिका शाक्यले आफ्ना पति एवं प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय मान्छे भएको बताएकी छन् ।

शनिबार आफ्नो पुस्तक ‘करुणा’ विमोचनको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले आफ्नो पतिको प्रशंसा गरेकी हुन् ।

उनले भनिन्, “उहाँलाई मन नपराउनेले पहिलेदेखि नै अल्छि मान्छे हो । एउटा सिन्को पनि यताको उता नसार्ने मान्छे हो भन्थे । अहिले पिन कमेन्ट गरेको देख्छु । हिँजोको मात्रै कुरा भन्छु । उहाँ हिँजो बिहानदेखि आज बिहान साढे ४ बजेसम्म कन्टिलियुस्ली काममा व्यस्त रहनु भएको थियो । उहाँ कोठामा आउँदा आज साढे ४ बज्यो । सायद उहाँ सुत्दा ५ बज्यो होला ।”

ओलीजस्तो सक्रिय मान्छे विश्वमै नभएको उनी दाबी गर्छिन् ।

शाक्यले थप भनिन्, “अनि उहाँलाई हामीले सक्रिय भन्ने कि निष्क्रिय भन्ने कि के भन्ने ? यो आफ्नो आफ्नो परिभाषा होला । मेरो परिभाषाअनुसार उहाँजस्तो सक्रिय मान्छे सायद म त नेपालमा मात्र भन्दिन विश्वमा पनि छैन होला । किनभने, अगाडिको कुरा त म धेरै जान्दिन उहाँको जीवनको आधा आदि समय सैंतीस अठ्तीस वर्ष त म उहाँको एकदम नजिक बसेर उहाँका सम्पूर्ण गतिविधिहरू हेर्दै आएको एकजना साक्षी हुँ नि । मैले जति त उहाँलाई कसले बुझेको होला भन्ने लाग्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register