नौ दिन आठ रात मनाएपछि सकियो बिस्का जात्रा

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा शुक्रबार सम्पन्न भएको छ । साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्याई गःहिटीबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औँसी (पाङग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो । त्यसैगरी शुक्रबार बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ […]

Apr 18, 2025 - 16:17
 0
नौ दिन आठ रात मनाएपछि सकियो बिस्का जात्रा

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा शुक्रबार सम्पन्न भएको छ ।

साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्याई गःहिटीबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औँसी (पाङग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो ।

त्यसैगरी शुक्रबार बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ ।

हात नभएको योसिंद्यलाई छैटौँ दिनमा मात्र ढाल्ने परम्परा छ । सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register