लन्डनमा नेपाली विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन, खोजिदिन परिवारको अपिल

लन्डन । अध्ययनका लागि अढाइ वर्ष अघि बेलायत आएका एक नेपाली विद्यार्थी करिब तीन सातादेखि सम्पर्कविहीन भएका छन् । युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न गत १७ सेप्टेम्बर २०२२ मा बेलायत आएका धनुषा हंसपुर ६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ यता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ । अधिकारीका बाबु हरिनारायण मण्डलले आफ्नो छोराको […]

Feb 22, 2025 - 12:22
 0
लन्डनमा नेपाली विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन, खोजिदिन परिवारको अपिल

लन्डन । अध्ययनका लागि अढाइ वर्ष अघि बेलायत आएका एक नेपाली विद्यार्थी करिब तीन सातादेखि सम्पर्कविहीन भएका छन् ।

युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न गत १७ सेप्टेम्बर २०२२ मा बेलायत आएका धनुषा हंसपुर ६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ यता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।

अधिकारीका बाबु हरिनारायण मण्डलले आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपाल परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

लन्डनस्थित नेपाली दूतावासले अधिकारीको खोजीका लागि पहल गरिरहेको जनाएको छ । दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले अधिकारीको खोजीका लागि लन्डन मेट्रोपोलिटन प्रहरी र स्थानीय समुदायसमक्ष अनुरोध गरिएको जनाए ।

‘परिवारपनि हामीसंग सम्पर्कमा हुनुहुन्छ । यहांको स्थानीय समुदाय र प्रहरीसंग हामीले अपिल गरिरहेका छौं’, दुवाडीले भने, ‘बीचमा एकपटक अधिकारीकै हुलियासंग मिल्ने नेपाली भेटियो भन्ने खबर आएर हामी आफैं पनि लन्डन ग्लोस्टररोडतिर गयौं तर ति व्यक्ति अर्कै रहेछन् ।’

दुवाडीका अनुसार अधिकारीको आनीबानीका कारण वेष्ट लन्डनमा घरबेटीले निकालेपछि उनी इलफोर्ड सेभेन किंग्स्का सुरज पण्डितसंग सम्पर्कमा आएका थिए । पण्डितले नेपालीको विचल्ली भयो बस्न दिनु परयो भनेर अर्को घरबेटीमा कुरा गरे तर उनको हाउभाउ र अवस्था देखेर राख्न मानेनन् । अनि पण्डित लगायत नेपालीले फेब्रुअरी २ मा रेल चढ्न बाटो खर्च जुटाएर पठाएयता उनी सम्पर्कमा छैनन् ।

‘हामीकहां यस्ता केस धेरै आएका छन् । अपेक्षा र वास्तविकता मेल नभएर हो कि विद्यार्थीहरु अहिले बेलायतमा निकै विक्षिप्त बनेका देखिएको छ’, दुवाडीले भने, ‘अधिकारी भाईको केसमा पनि उनी अलिकति कुलतमा लागेर भौंतारिरहेको बुझिन्छ । बेलायत पढ्न आउन धेरै सोचेरमात्र आउनु होला । अहिले यहां सजिलोसंग काम पाउने अवस्था छैन् ।’

बाबुको निवेदन-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register