एनआरएनए यूके निर्वाचन समितिमा थपिए दुई सदस्य

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आउंदो २३ मार्चमा हुने एकता महाधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार भएको छ । डा. भीम पुन संयोजक रहेको निर्वाचन समितिमा दुई सदस्यहरु राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा क्षेत्रीलाई थप गरिएको हो । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको […]

Feb 22, 2025 - 12:22
 0
एनआरएनए यूके निर्वाचन समितिमा थपिए दुई सदस्य


लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आउंदो २३ मार्चमा हुने एकता महाधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार भएको छ ।

डा. भीम पुन संयोजक रहेको निर्वाचन समितिमा दुई सदस्यहरु राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा क्षेत्रीलाई थप गरिएको हो । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् ।

सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशन बमोजिम एनआरएनए यूके अल्डरसटमा महाधिवेशन गर्न जुटेको छ ।

उक्त महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी हुने छन् । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदस्यता लिएर एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register