नेसपा (नयाँ शक्ति)को केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो पूर्ण केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकको पहिलो दिन शनिबार निर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ । फागुन ११ गतेसम्म चल्ने बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र सङ्गठनात्मक सिद्धान्त, प्रणालीबारे छलफल हुनेछ । यस्तै पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग […]

Feb 22, 2025 - 13:26
 0
नेसपा (नयाँ शक्ति)को केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो पूर्ण केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

बैठकको पहिलो दिन शनिबार निर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ ।

फागुन ११ गतेसम्म चल्ने बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र सङ्गठनात्मक सिद्धान्त, प्रणालीबारे छलफल हुनेछ । यस्तै पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन, पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रस्ताव गरिएको ३ महिने साङ्गठनिक अभियानका विषयमा भोलि आइतबार निर्णय हुने पार्टीका उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register