समाज भाँड्न लागेको भन्दै राजेन्द्र महतोलाई ताप्लेजुङमा देखाइयो कालोझण्डा
ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका बासिन्दाले समाज भाँड्न लागेको भन्दै शनिबार कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी भएर फर्कँदै गरेका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएका हुन् । केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउनुका साथै समाज भाँड्ने […]

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका बासिन्दाले समाज भाँड्न लागेको भन्दै शनिबार कालो झण्डा देखाएका छन् ।
‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी भएर फर्कँदै गरेका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएका हुन् ।
केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङका बासिन्दाको आरोप छ ।
महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको तथा जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।
लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।
What's Your Reaction?






