एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । यही फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको बैठकले उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यको सुझाव समावेश गरी परिमार्जनसहित पारित गरेको हो । पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी […]

Feb 23, 2025 - 00:20
 0
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

यही फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको बैठकले उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यको सुझाव समावेश गरी परिमार्जनसहित पारित गरेको हो ।

पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू अनुमोदन गर्दै बैठक सम्पन्न गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

पार्टी परित्याग गरी अन्य दलमा गएका नेताहरूलाई फर्कन आह्वान गरेको बैठकले समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले भूमिका निर्वाह गर्नेलगायत निर्णय गरेको छ । जिल्ला, प्रदेश तथा जनसङ्गठनका अधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको बैठकले निजी स्वार्थ परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुन दृढताका साथ काम गर्नुपर्नेलगायत १३ बुँदे आचारसंहिता पारित गरेको छ ।

बैठकले महासचिव घनश्याम भुसालको मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियान केन्द्रीय सदस्यको सुझावसहित अनुमोदन गरेको छ । अभियानअन्तर्गत देशभर सभा, सम्मेलन साथै सङ्गठन सुदृढीकरण गरी साधरण तथा सङ्गठित सदस्य विस्तार गर्ने कार्यक्रम छन् । मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समेत बैठकले समीक्षा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register