‘झापा विद्रोह’ का पाँच सहिदको सम्झनामा श्रद्धाञ्जलीसभा

झापा, २१ फागुन । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन [...] The post ‘झापा विद्रोह’ का पाँच सहिदको सम्झनामा श्रद्धाञ्जलीसभा appeared first on Jhapa Online.

Mar 5, 2025 - 07:39
 0
‘झापा विद्रोह’ का पाँच सहिदको सम्झनामा श्रद्धाञ्जलीसभा

झापा, २१ फागुन । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरूले गोली हानी हत्या गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रूपमा मनाउँदै आएका छन् ।

झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरूको शालिक निर्माण गरिएका छन् । ती सालिकहरूमा पनि नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका छन् । मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजवंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा एमालेले स्मृति सभा सम्पन्न गरेको छ ।

प्रतिष्ठान परिसरमा सहिद वीरेन राजवंशीको शालिक स्थापना गरिएको छ । कार्यक्रममा सहिद वीरेन राजवंशीका जेठा छोरा नेत्र राजवंशी, जेठी बुहारी विमला राजवंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर कारावास भोग्नु भएको कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो ।

सरकारले सुखानीमा जीवनको आहुति दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं। २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रूपमा घोषणा गरेको थियो ।रासस

The post ‘झापा विद्रोह’ का पाँच सहिदको सम्झनामा श्रद्धाञ्जलीसभा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register