प्युठानमा दम्पतीको हत्या : घरभन्दा ५० मिटर पर भेटियो रगत लतपतिएको घन

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिकामा रामबहादुर परियार दम्पतीको घन प्रहार गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । माण्डवी-२ स्थित रातापानीमा यही शनिबार ६० वर्षीय रामबहादुर र उनकी ५६ वर्षीया श्रीमती हुकुमा मृत अवस्थामा फेला परेका थिए । घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेकोले आक्रमणकारीले घन प्रयोग गरी हत्या […]

Feb 23, 2025 - 07:24
 0
प्युठानमा दम्पतीको हत्या : घरभन्दा ५० मिटर पर भेटियो रगत लतपतिएको घन

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिकामा रामबहादुर परियार दम्पतीको घन प्रहार गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

माण्डवी-२ स्थित रातापानीमा यही शनिबार ६० वर्षीय रामबहादुर र उनकी ५६ वर्षीया श्रीमती हुकुमा मृत अवस्थामा फेला परेका थिए ।

घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेकोले आक्रमणकारीले घन प्रयोग गरी हत्या गरेको हुनसक्ने प्यूठानका प्रहरी प्रमुख डीएसपी दिपेश बस्यालले जानकारी दिए ।

दम्पतीको टाउकोमा गम्भीर चोट लागेको थियो । फागुन ९ गते राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।

भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register