छ महिनामा सरकारको काम लक्ष्यको ४ प्रतिशत मात्रै

काठमाडौं । सरकारले छ महिनाको अवधिमा लक्ष्यको ४ दशमलव २ प्रतिशत मात्रै काम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री कार्यालयसहित २८ सरकारी निकायको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणअनुसार यस्तो पाइएको हो । गत आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा ८ दशमलव ५ प्रतिशत सरकारको काम देखिएको थियो भने समीक्षा अवधिमा […]

Feb 23, 2025 - 07:27
 0
छ महिनामा सरकारको काम लक्ष्यको ४ प्रतिशत मात्रै

काठमाडौं । सरकारले छ महिनाको अवधिमा लक्ष्यको ४ दशमलव २ प्रतिशत मात्रै काम गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री कार्यालयसहित २८ सरकारी निकायको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणअनुसार यस्तो पाइएको हो ।

गत आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा ८ दशमलव ५ प्रतिशत सरकारको काम देखिएको थियो भने समीक्षा अवधिमा आव ०७९/८० मा सरकारको काम लक्ष्यको ११ दशमलव २ प्रतिशत भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा एक हजार १० क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ४ दशमलव २ प्रतिशत क्रियाकलाप सम्पन्न भएको हो ।

पुस मसान्तसम्म १ सय ५७ क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य लिएको थियो । जसमा २७ वटा मात्र काम सम्पन्न भएका छन् । यो भनेको १७ दशमलव २ प्रतिशत मात्र हो । ७९.६ प्रतिशत चालु अवस्थामा रहेको र ३.२ प्रतिशत काम त सुरु नै हुन नसकेको देखिएको हो ।

आर्थिक क्षेत्रमा ४१ मध्ये १२, पूर्वाधारमा ३८ मध्ये ५, शासकीय सुधारमा ३९ मध्ये ८ र सामाजिक क्षेत्रमा ३९ मा २ वटा काम सम्पन्न भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register