‘लाज शरणम’ को सेन्सर पास, सामाजिक सञ्जालमा पनि प्रचारप्रसारको बाटो खुल्यो
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ पूर्व निर्धारित मितिमै प्रदर्शनमा आउने भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र प्रदर्शनको अनुमति दिएसँगै यस चलचित्र फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले आफ्नो अनुहारसँग मिल्ने चरित्र बिना अनुमति प्रयोग गरिएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि चलचित्रको प्रचारप्रसार रोकिएको थियो । अदालतले प्रारम्भिक सुनुवाइपछि चलचित्रको टिजर, ट्रेलर तथा अन्य प्रचार सामग्री सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको थियो...

What's Your Reaction?






