राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालीन आन्दोलनको घोषणा गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो । तीन प्रमुख माग सहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरीको नयाँ समझदारी, सर्वधर्म […]

May 8, 2025 - 09:18
 0
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालीन आन्दोलनको घोषणा गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो । तीन प्रमुख माग सहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरीको नयाँ समझदारी, सर्वधर्म समभाव  सहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको माग सहित आन्दोलनको घोषणा भएको हो ।

आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,’हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा  र सत्याग्रह सहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ,’ उनले भने ।

समितिको आन्दोलन सरकारविरूद्ध नरहेको उनले बताए । जनतामा निहीत सार्वभौम सत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको उनले बताए । परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रैबाट आफूहरूको माग सम्बोधन गर्न सकिने उनले बताए ।

आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यवद्धता जनाएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register