डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी भट्टराईलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टराईलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को […]

Feb 24, 2025 - 01:21
 0
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी भट्टराईलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टराईलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० अनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register