बालापुरबाट पाटेबाघको उद्धार

जानकी । बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहायतामा प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका–८ बालापुरबाट पाटेबाघको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । कँडेलका अनुसार उद्धार गरिएको पाटेबाघ अन्दाजी दुई वर्षको रहेको छ । उमेर […]

Feb 24, 2025 - 01:45
 0
बालापुरबाट पाटेबाघको उद्धार

जानकी । बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहायतामा प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका–८ बालापुरबाट पाटेबाघको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार उद्धार गरिएको पाटेबाघ अन्दाजी दुई वर्षको रहेको छ । उमेर सानो भएकाले सिकार गर्न नसक्ने हुँदा सजिलै आहारका लागि उक्त बाघ बस्तीमा पसेको हुन सक्ने उनले बताए ।

मानव बस्तीमा पसेको उक्त बाघले मानवीय क्षति नगरे पनि स्थानीयका गोठमा पसेर तीनओटा बाख्रा, एउटा भेँडो र एउटा पाडो मारेको कँडेलले जानकारी दिए । बाघ गाउँमा पसेको खबर स्थानीयले दिने बित्तिकै बर्दियाको प्राविधिक टोलीसँगै दुईवटा हात्तीसहितको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register