साविक विजेता पाकिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित

झापा, १२ फागुन । विराट कोहलीको शतकीय पारीमा साविक विजेता पाकिस्तानलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्य ट्रफीमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार राति सकिएको खेलमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानमाथि ६ विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो। लगातार दोस्रो जितसँगै समूह ए मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा छ। यता लगातार दोस्रो खेलमा [...] The post साविक विजेता पाकिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित appeared first on Jhapa Online.

Feb 24, 2025 - 05:46
 0
साविक विजेता पाकिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित

झापा, १२ फागुन । विराट कोहलीको शतकीय पारीमा साविक विजेता पाकिस्तानलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्य ट्रफीमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार राति सकिएको खेलमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानमाथि ६ विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो।

लगातार दोस्रो जितसँगै समूह ए मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा छ। यता लगातार दोस्रो खेलमा हार भोगेको पाकिस्तान भने अंकविहिन रुपमा पुछारमा छ। लगातार दोस्रो हारसँगै पाकिस्तान च्याम्पियन्स ट्रफीको उपाधि दौडबाट बाहिरिने लगभग पक्का भएको छ।

अंक गणितीय सम्भावना मात्र जिवित रहेको पाकिस्तान सेमिफाइनलमा पुग्न अन्य नतिजा आफु अनुकुल आउनुपर्नेछ। भने अर्को खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्दै नेटरनरेट बलियो बनाउनुपर्ने हुन्छ।

पाकिस्तानले दिएको २ सय ४२ रनको सामान्य लक्ष्य भारतले ४२।३ ओभरमा ४ विकेटको क्षतिमा सहजै भेट्यो। भारतको जितमा कोहलीले शतकीय पारी खेले। १ सय ११ बलमा ७ चौका प्रहार गर्दै शतक पूरा गरेका कोहली नटआउट पेभेलियन फर्के। यस ऐरले ५६ तथा शुभमन पगलले ४६ रन थपे।

त्यसअघि युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २ बल अगावै २ सय ४१ रनमा अलआउट भयो।
पाकिस्तानका लागि साउद सकिलले बनाएको ६२ रन नै सर्वाधिक रह्यो। कुनै पनि ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन्।

च्याम्पियन्स ट्रफीमा आज समूह ए अन्तर्गत बंगलादेश र न्युजिल्यान्ड भिड्दैछन्। बंगालदेश आजको खेलमा न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ। आजको खेलमा न्युजिल्यान्डले जित निकालेको अवस्थामा बंगलादेशसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समेत सकिनेछ।

The post साविक विजेता पाकिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register