जर्मनीका भावी चान्सलर मर्ज भन्छन् – अमेरिकासँग सचेत रहौँ, अब युरोप अलग हुनुपर्छ

काठमाडौं । जर्मनीमा आइतबार सम्पन्न आमचुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन् । जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्‌मा सबैभन्दा ठूलो दल बनेको छ । मर्ज जर्मनीको अर्को चान्सलर बन्ने तयारीमा छन् । अमेरिका युरोपको भविष्यका लागि धेरै परिवर्तन भइसकेको बताउँदै अब युरोप यसबाट अलग हुनुपर्ने […]

Feb 24, 2025 - 10:25
 0
जर्मनीका भावी चान्सलर मर्ज भन्छन् – अमेरिकासँग सचेत रहौँ, अब युरोप अलग हुनुपर्छ

काठमाडौं । जर्मनीमा आइतबार सम्पन्न आमचुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन् ।

जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्‌मा सबैभन्दा ठूलो दल बनेको छ । मर्ज जर्मनीको अर्को चान्सलर बन्ने तयारीमा छन् ।

अमेरिका युरोपको भविष्यका लागि धेरै परिवर्तन भइसकेको बताउँदै अब युरोप यसबाट अलग हुनुपर्ने उनको भनाइ छ ।

उनले आइतबारको चुनावमा अमेरिकी अधिकारीहरूले हस्तक्षेप गरेको आरोप लगाउँदै आलोचना पनि गरे । चुनावमा ट्रम्प प्रशासन र अर्बपति इलोन मस्कले अति-दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन गरेका थिए ।

युक्रेनलाई समर्थन

रुस-युक्रेन युद्धको तीन वर्ष पूरा भएको अवसरमा पनि मर्जले प्रतिक्रिया दिएका छन् ।

उनले भने, “युरोपमा तीन वर्षको युद्धका क्रममा हामीले विनाश र युद्ध अपराधका भयानक दृश्य देखेका छौँ । अब हामीले युक्रेनलाई पहिलेभन्दा बढी बल दिन आवश्यक छ । शान्तिका लागि आक्रमणमा परेको देश शान्ति वार्ताको हिस्सा हुन जरुरी छ ।”

सम्बन्धित सामग्री –

जर्मन राजनीतिमा नयाँ मोड : मर्केलसँगको विवादले पार्टी छाडेका मर्ज चान्सलर बन्दै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register