झापामा रिसाएका श्रेष्ठ मोरङको आमसभामा गएनन्, चितवन पुगेर भने – मनोवैज्ञानिक अवरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको केन्द्रीय टोली दोस्रो दिन मोरङमा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर शहीद परिवारसँग भेटघाट गरी मङ्गलबारको कार्यक्रम सुरु गरेका छन् । तर, कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने अनुपस्थित छन् । […]

Feb 25, 2025 - 06:50
 0
झापामा रिसाएका श्रेष्ठ मोरङको आमसभामा गएनन्, चितवन पुगेर भने – मनोवैज्ञानिक अवरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको केन्द्रीय टोली दोस्रो दिन मोरङमा छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर शहीद परिवारसँग भेटघाट गरी मङ्गलबारको कार्यक्रम सुरु गरेका छन् ।

तर, कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने अनुपस्थित छन् । उनी सोमबारै काठमाडौं फर्किएर मङ्गलबार बिहान चितवनको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको स्रोतले बताएको छ ।

सोमबार झापाको कचनकवलमा बोल्नेक्रममा अवरोध भएपछि श्रेष्ठ रिसाएका थिए ।

नारायणकाजीलाई अग्निले रोके, प्रचण्डले फकाए

हिजोको घटनाबारे श्रेष्ठले चितवनमा पनि बोलेका छन् । उनले सम्बोधनका क्रममा मनोवैज्ञानिक अवरोध भएको प्रतिक्रिया दिएका छन् ।

श्रेष्ठले भने, “अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।”

उक्त घटना सामान्य रहेको श्रेष्ठ बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register