तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप

काठमाडौं । चैत १५ गते तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेताहरूसहित २० जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई राज्यविरुद्धको कसुरमा थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको हो […]

Apr 8, 2025 - 11:46
 0
तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप

काठमाडौं । चैत १५ गते तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेताहरूसहित २० जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई राज्यविरुद्धको कसुरमा थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवको मुद्दामा अनुसन्धान भइरहेका ५३ जनालाई भने २० दिनको म्याद थप भएको छ ।

चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड भएको थियो । सो घटनापछि प्रहरीले ७३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

घटनामा परेर दुई जनाको मृत्यु र ५० जनाभन्दा धेरै घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register