शाहीको आक्रोश : प्रमुख प्रशासकीय अधिकृत पठाउनु, हैन भने स्थानीय तहको चुनाव नगर्नु

काठमाडौं । देशभरका स्थानीय तहहरूमा समयमै प्रमुख प्रशासकीय अधिकृत पठाउन संसद्‌मा माग भएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै राप्रपा सांसद ज्ञानबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका हुन् । काठमाडौं महानगरपालिकामा विगत साढे २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक क्रियाकलाप ठप्प भएको शाहीले बताए । पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सरसफाइ […]

Feb 25, 2025 - 08:02
 0
शाहीको आक्रोश : प्रमुख प्रशासकीय अधिकृत पठाउनु, हैन भने स्थानीय तहको चुनाव नगर्नु

काठमाडौं । देशभरका स्थानीय तहहरूमा समयमै प्रमुख प्रशासकीय अधिकृत पठाउन संसद्‌मा माग भएको छ ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै राप्रपा सांसद ज्ञानबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका हुन् ।

काठमाडौं महानगरपालिकामा विगत साढे २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक क्रियाकलाप ठप्प भएको शाहीले बताए । पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सरसफाइ गर्ने कर्मचारीले तलब नपाएको भन्दै शाहीले सरकारको आलोचनासमेत गरे ।

पैसा नपाएर कर्मचारीहरू काम गर्न नसक्ने स्थितिमा पुगेका छन् । “फोहोर उठाउने मान्छेको पाप लाग्ला सरकारलाई, त्यसो भएकाले  प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाइयोस्, सभामुख महोदय,” शाहीले भने ।

प्रमुख प्रशासकीय अधिकृत रोकेर स्थानीय तहहरूलाई ठप्प पारेको विषयमा आक्रोश पोखेका शाहीले स्थानीय तहको चुनावमाथि समेत प्रश्न उठाएका थिए । “सरकारको यस्तो गतिविधि गर्ने हो भने स्थानीय तहको निर्वाचन नगर्दा हुन्छ,” शाहीले भने, “स्थानीय तहको चुनाव किन गराएको आफ्ना आसेपासे कार्यकर्तालाई अबिर लगाएर घोषणा गर्दिनुहोस् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register