प्रतिनिधि सभामा प्रश्न : गाँजाको व्यावसायिक उत्पादनको कानुन खै ?

काठमाडौं । प्रतिनिधि सभा बैठकमा गाँजाको व्यवसायिक उत्पादनसम्बन्धी कानुन ल्याउन माग भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले बजेट वक्तव्यमा भनिएको गाँजाको व्यवसायिक उत्पादनसम्बन्धी कानुन ल्याउन माग गरेका हुन् । एमाले-माओवादीको गठबन्धन रहेको बेला चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गाँजा खेतीसम्बन्धी कानुन बनाइने विषय उल्लेख गरिएको थियो […]

Feb 25, 2025 - 08:32
 0
प्रतिनिधि सभामा प्रश्न : गाँजाको व्यावसायिक उत्पादनको कानुन खै ?

काठमाडौं । प्रतिनिधि सभा बैठकमा गाँजाको व्यवसायिक उत्पादनसम्बन्धी कानुन ल्याउन माग भएको छ ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले बजेट वक्तव्यमा भनिएको गाँजाको व्यवसायिक उत्पादनसम्बन्धी कानुन ल्याउन माग गरेका हुन् ।

एमाले-माओवादीको गठबन्धन रहेको बेला चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गाँजा खेतीसम्बन्धी कानुन बनाइने विषय उल्लेख गरिएको थियो । वक्तव्यको बुँदा नम्बर ४९ मा ‘औषधिय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइनेछ’ उल्लेख गरिएको थियो ।

तर, बजेट वक्तव्यमा भएको विषयमा कार्यान्वयनको लागी सरकारले आवश्यक कामकारबाही नगरेको सापकोटाले बताए । “जनताको तर्फबाट प्रश्न सोध्नु चाहन्छु बजेटको बुँदा नम्बर ४९ कहिले कार्यान्वयन हुन्छ ?” उनले भने ।

चालु आर्थिक वर्ष मात्र हैन, माओवादी-काङ्ग्रेसको गठबन्धन सरकार हुँदासमेत गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने  भन्दै  सरकारले बजेटको व्यवस्था गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने घोषणा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register