कर्खा गायक लालबहादुर गन्धर्वको निधन

काठमाडौं । लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । गोरखाको भीमसेनथापा गाउँपालिका-१ घ्याम्पेशाल निवासी गन्धर्वको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो । क्यान्सरबाट ग्रस्त उनको निवासमा घ्याम्पेशालस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नौ वर्षकै कलिलो उमेरदेखि सारङ्गी बजाउने पुख्यौली पेशा अपनाउँदै आएका उनले जीवनको अन्तिम क्षणसम्म पनि सारङ्गी […]

Feb 7, 2025 - 09:06
 0
कर्खा गायक लालबहादुर गन्धर्वको निधन

काठमाडौं । लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ ।

गोरखाको भीमसेनथापा गाउँपालिका-१ घ्याम्पेशाल निवासी गन्धर्वको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

क्यान्सरबाट ग्रस्त उनको निवासमा घ्याम्पेशालस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नौ वर्षकै कलिलो उमेरदेखि सारङ्गी बजाउने पुख्यौली पेशा अपनाउँदै आएका उनले जीवनको अन्तिम क्षणसम्म पनि सारङ्गी बजाउँदै आएका थिए ।

विसं २०२२ सालमा रेडियो नेपालमा जागिरे भए । २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए ।

९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register