हवाईजहाज यात्राको क्रममा कसैको मृत्यु भयो भने के हुन्छ ?
काठमाडौं । कतार एअरवेजको उडानमा एक अष्ट्रेलियाली जोडीले अर्का यात्रुको मृत शरीरको छेउमा यात्रा गर्नुपरेको छ । यो जोडीले अष्ट्रेलियाको च्यानल ९ सँग यस यात्राको क्रममा आफ्नो ‘भयानक अनुभव’ साझा गरेका छन् । मिशेल रिङ र जेनिफर कोलिन्स आफ्नो ‘ड्रिम होलिडे’मा भेनिस गएका थिए । यसैबीच मेलवर्नबाट दोहाको उडानमा यात्रा गर्दा छेउको पङ्क्तिको एउटा सिटमा […]

काठमाडौं । कतार एअरवेजको उडानमा एक अष्ट्रेलियाली जोडीले अर्का यात्रुको मृत शरीरको छेउमा यात्रा गर्नुपरेको छ ।
यो जोडीले अष्ट्रेलियाको च्यानल ९ सँग यस यात्राको क्रममा आफ्नो ‘भयानक अनुभव’ साझा गरेका छन् ।
मिशेल रिङ र जेनिफर कोलिन्स आफ्नो ‘ड्रिम होलिडे’मा भेनिस गएका थिए । यसैबीच मेलवर्नबाट दोहाको उडानमा यात्रा गर्दा छेउको पङ्क्तिको एउटा सिटमा बसिरहेकी एक महिलाको मृत्यु भयो ।
ती दम्पतीले केबिन क्रूले महिलाको शव त्यहाँबाट नहटाएको बताउँछन् । बरु, त्यसमाथि कम्बल ओढाइयो । मिशेल रिङले अर्को चार घण्टा शवसँगै यात्रा गर्नुपर्यो । धेरै सिट खाली भएपनि क्याबिन क्रूले उनलाई अर्को सिटमा बस्न अनुमति दिएनन् ।
कतार एअरवेजले यस घटनाबाट भएको कुनै पनि असुविधा वा अप्रिय अनुभवको लागि माफी मागेको छ । साथै, मिशेल र जेनिफरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।
यद्यपि, दम्पतीले भने, “न त कतार एयरवेज न त क्वान्टासले सम्पर्क गरेका छन् ।” ती दम्पतीले क्वान्टासमार्फत कतार एअरवेजको टिकट बुक गरेका थिए ।
मिशेलले च्यानल ९ को द करेन्ट अफेयर कार्यक्रममा महिला आफ्नो सिटमा लड्ने बित्तिकै एअरलाइन्सका कर्मचारीहरूले उनलाई मद्दत गर्ने प्रयास गरेको, तर दुर्भाग्यवश उनलाई बचाउन नसकिएको बताए । यो देखेर मन छियाछिया भयो ।
मिशेल भन्छन्, “क्याबिन क्रूले महिलाको शवलाई बिजनेस क्लासतिर लैजान खोजे तर क्याबिन क्रूले उनलाई त्यहाँबाट लैजान असफल भए ।”
यसबीच उनले आफ्नो छेउका सिटहरू खाली भएको याद गरे ।
“क्याबिन क्रूले भन्यो – के तपाईं अलि अगाडि बढ्न सक्नुहुन्छ ? यसमा मैले भनेँ – हुन्छ, कुनै समस्या छैन । त्यसपछि उनीहरूले यो महिलाको शव म बसेको सिटमा राखे ।”
यसैबीच, उनकी श्रीमती कोलिन उनको छेउको सिटमा बसिन् । तर, मिशेललाई त्यस्तो कुनै सिट दिइएन ।
मिशेलले भने, “क्याबिन क्रूले त्यस्तो कुनै विकल्प दिएनन् । जबकि विमानमा केही सिटहरू खाली थिए ।”
चार घण्टापछि विमान अवतरण गर्दा उनले यात्रुहरूलाई त्यहीँ बस्न आग्रह गरे । यस समयमा चिकित्सा कर्मचारी र प्रहरी विमान कर्मचारीहरू विमान भित्र आए ।
हेरचाहको कर्तव्य
यस्ता घटनामा कर्मचारी र यात्रुहरूको लागि ‘हेरचाहको कर्तव्य’ को प्रावधान हुनुपर्ने दम्पतीले बताए ।
मिशेलले भने, “एअरलाइन्सले हामीलाई सम्पर्क गर्नुपर्छ र हामीलाई कुनै सहयोग चाहिन्छ कि भनेर सोध्नुपर्छ ।”
कोलिनले यो क्षणलाई दुःखद् भनिन् ।
उनी भन्छिन्, “हामी बुझ्छौँ कि ती महिलाको मृत्युको लागि एअरलाइन्सलाई जिम्मेवार ठहराउन सकिँदैन । तर, यस्ता घटनाहर पछि विमानमा यात्रा गर्ने सहयात्रीहरूको हेरचाह गर्ने प्रोटोकल हुनुपर्छ ।”
कतार एअरवेजले एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सकी महिलाको मृत्युप्रति समवेदना व्यक्त गरेको छ ।
“यस घटनाबाट यात्रुहरूलाई पर्न गएको असुविधा र समस्याको लागि हामी क्षमा चाहन्छौँ,” कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “हामी हाम्रो नीति र प्रक्रियाअनुसार यात्रुहरूलाई सम्पर्क गर्ने प्रक्रियामा छौँ ।”
क्वान्टासका प्रवक्ताले भने, “विमानमा यस प्रकारका घटनाहरू सञ्चालन गर्ने उडान व्यवस्थापन एजेन्सीद्वारा व्यवस्थापन गरिन्छ । यस अवस्थामा त्यो कतार एअरवेजको जिम्मेवारी थियो ।”
उडानको क्रममा मृत्यु हुनेसम्बन्धी नियम
अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (IATA) ले उडानको क्रममा हुने मृत्युको सम्बन्धमा एक प्रोटोकल बनाएको छ ।
सङ्घकाअनुसार –
- कसैको मृत्यु हुने बित्तिकै कम्पनीको प्रोटोकलअनुसार गन्तव्य विमानस्थललाई यसको बारेमा जानकारी गराउनुपर्ने भएकाले क्याप्टेनलाई तुरुन्तै जानकारी दिनुपर्छ ।
- व्यक्तिलाई उसको वरिपरि कम यात्रु भएको सिटमा सार्नुपर्छ । यदि विमान भरिएको छ भने व्यक्तिलाई उसको सिटमा फिर्ता लैजानुपर्छ । अथवा टोलीले आफ्नो विवेकमा व्यक्तिलाई बाहिर निस्कने ढोकामा अवरोध नभएको अर्को स्थानमा सार्न सक्छ । मृत व्यक्तिलाई अगाडि पछाडि सार्दा सावधान रहनुपर्छ ।
- यदि तपाईंको एअरलाइनमा शव झोलाहरू उपलब्ध छन् भने शवलाई त्यसैमा राख्नुपर्छ । शरीरको झोलालाई घाँटीसम्म मात्र जीप गर्नुपर्छ ।
- व्यक्तिलाई सिट बेल्ट वा अन्य उपकरणले नियन्त्रणमा राख्नुपर्छ ।
- यदि शव बोक्ने झोला उपलब्ध छैन भने आँखा बन्द गर्नुपर्छ र घाँटीसम्म कम्बलले शरीर छोप्नुपर्छ ।
- यात्रा कम्पनीलाई सम्पर्क गर्नुपर्छ र यात्रीको बारेमा जानकारी सङ्कलन गर्नुपर्छ ।
- अवतरण गरेपछि पहिले अन्य यात्रुहरूलाई ओराल्नुपर्छ र परिवारका सदस्यहरू शवसँगै रहने कुरा सुनिश्चित गर्नुपर्छ । स्थानीय अधिकारीहरूले यसको हेरचाहको जिम्मा नलिएसम्म र ग्राउन्ड क्रू उपलब्ध नभएसम्म शवलाई उतार्नु हुन्न ।
What's Your Reaction?






