ट्रम्पको ‘अन्तिम’ चेतावनी : सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित रहने छैनन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई ’अन्तिम चेतावनी’ दिएका छन् । उनले सामाजिक सञ्जालमार्फ सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिएका हुन् । ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि हमासले मेरो कुरा मानेनन् भने उनीहरूका एकजना पनि […]

Mar 6, 2025 - 03:05
 0
ट्रम्पको ‘अन्तिम’ चेतावनी : सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित रहने छैनन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई ’अन्तिम चेतावनी’ दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फ सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिएका हुन् ।

‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि हमासले मेरो कुरा मानेनन् भने उनीहरूका एकजना पनि सदस्य सुरक्षित हुने छैनन्,’ ट्रम्पले ट्रुथमा लेखेका छन् ।

यद्यपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका छैनन् ।

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको यस्तो चेतावनी आएको हो ।

‘यदि बन्धकहरूलाई रिहा गरिएन भने हमासले ठूलो मूल्य चुकाउनेछ,’ उनले थपेका छन्, ‘त्यसैले सबै बन्धकलाई अहिले नै रिहा गर, पछि होइन । तिमीहरूले हत्या गरेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र राम्रो हुने छैन ।’ यो तिमीहरूलाई अन्तिम चेतावनी हो । हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ, यो बुझ्नु ।’

ट्रम्पको यो चेतावनी ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।

अमेरिकी संसद्‌मा ट्रम्पको सम्बोधन : विपक्षी सिनेटरलाई निकालियो, यी हुन् १० महत्त्वपूर्ण कुरा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register