विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत : शङ्कर पोखरेल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण […]

Feb 27, 2025 - 01:07
 0
विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत : शङ्कर पोखरेल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।

‘हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ,’ उनले भने ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताए ।

कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको उनले उल्लेख गरे । उनले प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने बताए । ‘नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्न सकिन्छ । पुँजी निर्माणबिना राष्ट्रिय पुँजी बन्दैन, त्यसैले नेपालीको बचत संस्कृति अति कमजोर रहेको र यसमा सुधार गरी बचत संस्कृति विकास गर्नुपर्ने आवश्यकता छ,’ महासचिव पोखलको भनाइ थियो ।

कार्यक्रममा उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले दुई पार्टी मिलेसँगै मुलुकको आर्थिक अवस्था विस्तारै सुधार भई लगानीको वातावरण बनिरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register