आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं । आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् […]

Feb 27, 2025 - 06:06
 0
आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं ।

आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register