राष्ट्रिय वाणिज्य बैंक रकम हिनामिना प्रकरणः विशेष अदालतको आदेश चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा

काठमाडौँ । बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो । उक्त मुद्दामा राष्ट्रिय वाणिज्य बैंकको सुनसरीस्थित इनरुवा शाखा कार्यलयका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडासहित तीन जनालाई प्रतिवादी बनाइएको छ ।  प्रतिवादीहरुमा […]

May 5, 2025 - 12:46
 0
राष्ट्रिय वाणिज्य बैंक रकम हिनामिना प्रकरणः विशेष अदालतको आदेश चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा

काठमाडौँ । बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

उक्त मुद्दामा राष्ट्रिय वाणिज्य बैंकको सुनसरीस्थित इनरुवा शाखा कार्यलयका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडासहित तीन जनालाई प्रतिवादी बनाइएको छ । 

प्रतिवादीहरुमा खतिवडासहित सिद्धिनाथ लाल दास र मनोजकुमार चौधरी छन् । उनीहरुले बैंकमा खाता रहेको चपडाहा माध्यामिक विद्यालयको रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्दा दर्ता गरेको थियो । 

विशेष अदालतले २०८१ बैशाख २४ गते उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो । तर, विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुन्सन्धान आयोग सर्वोच्च गएको हो । उनीहरुले रकम हिनामिना गर्दा जिल्ला शिक्षा कार्यालय, सुनसरीको लेटरप्याड, छाप र दस्तखत नै किर्ते गरेको अख्यितारको आरोप छ । अख्तियारका अनुसार उनीहरुले बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर ५ लाख ६० हजार हिनामिना गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register