ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका–८, भुसिँगा रावाटोलमा ट्रान्सफर्मर चार्ज गरी चेक गर्ने क्रममा सिग्माकोण प्रा. ली. काठमाण्डौका कर्मचारी बिन्दु चौधरीको मृत्यु भएको हो । खिजीदेम्बा गाउँपालिकाका ७ र ८ वडामा केन्द्रीय लाइन वितरण भईरहेको छ । उक्त लाइन वितरण गर्ने क्रममा सिग्मा कम्पनीका कर्मचारी कैलाली जिल्ला […]

May 5, 2025 - 15:57
 0
ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुंगा ।

ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका–८, भुसिँगा रावाटोलमा ट्रान्सफर्मर चार्ज गरी चेक गर्ने क्रममा सिग्माकोण प्रा. ली. काठमाण्डौका कर्मचारी बिन्दु चौधरीको मृत्यु भएको हो । खिजीदेम्बा गाउँपालिकाका ७ र ८ वडामा केन्द्रीय लाइन वितरण भईरहेको छ । उक्त लाइन वितरण गर्ने क्रममा सिग्मा कम्पनीका कर्मचारी कैलाली जिल्ला साबिक हसुलीया गाविस वडा नं ४ बस्ने दयाराम चौधरीका छोरा अन्दाजी वर्ष ३० का बिन्दु चौधरी रहेको प्रहरीले जनाएको छ ।

 चौधरीको लास सोइ ट्रान्सफर्मरमा झुन्डिरहेको अवस्थामा रहेको र प्रहरी चौकी रावादोलुबाट गएको प्रहरी टोलीले घटनास्थल सुरक्षीत गरिरहेको जनाएका छन् । थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइटेलको टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । 

घटना स्थल निक्कै टाढा रहेकाले अनुशन्धानको प्रक्रिया भोलीबाट मात्रै थालिने प्रहरी निरीक्षक मनिष लुइटेलको भनाई रहेको छ । चौधरीले  वैशाख २० गते देखि लाइन वितरणको काम गरिरहेको सिग्माकोण प्रा. ली. काठमाण्डौले जनाएको छ । रामेछाप सबस्टेशनमा लाइन बन्द गर्न सुझाएर चौधरी ट्रान्सफर्मर चेक गर्न विद्युत् पोल चढेको सिग्माकोण प्रा. ली. काठमाण्डौले जनाएको छ । सबस्टेशनमा तत्काल लाइन बन्द नगरिएका कारण चौधरीको मृत्यु भएको स्थानीयले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register