खोलामा डुबेर दुई किशोरको मृत्यु

नवलपरासी। गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । सोमबार स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन् । साथीहरूसँग […]

May 5, 2025 - 13:57
 0
खोलामा डुबेर दुई किशोरको मृत्यु

नवलपरासी।

गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

सोमबार स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन् ।

साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register