समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेड, इटहरी शाखाले रेड क्रस र जेसीआई जुनियर इटहरीसँगको सहकार्यमा इटहरी-६, सुनसरीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । शिवरात्रिको अवसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उप-महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेल रहेका थिए । कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूले उपस्थिति जनाएका थिए भने ३१ जना रक्तदाताहरूले रक्तदान […]

Feb 27, 2025 - 09:01
 0
समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेड, इटहरी शाखाले रेड क्रस र जेसीआई जुनियर इटहरीसँगको सहकार्यमा इटहरी-६, सुनसरीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । शिवरात्रिको अवसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उप-महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेल रहेका थिए ।

कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूले उपस्थिति जनाएका थिए भने ३१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमले समाजमा स्वास्थ्य सेवाका महत्त्वपूर्ण पक्षको बारेमा जनचेतना फैलाएको छ ।

त्यसैगरी, समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले पनि महाशिवरात्रिको अवसरमा पोखरा-८ स्थित पशुपतिनाथ मन्दिरमा जल र प्रसाद वितरण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमका माध्यमबाट ५०० भन्दा बढी भक्तजनहरूले समृद्धि फाइनान्सद्वारा प्रदान गरिएको जल र प्रसादबाट लाभान्वित भएका छन् ।

समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिहरूमा संलग्न रहन प्रतिवद्ध रहेको जनाएको छ । भविष्यमै पनि यस्ता कार्यक्रमहरूमार्फत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register