२० वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्दै नबिल बैंक 

काठमाडौँ । नबिल बैंकले निष्क्रिय खाता बन्द गर्ने भएको छ । बैंकले २० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारी गरेको हो ।  निष्क्रिय खाता बन्द गर्ने तयारी गरेको बैंकले लामो समयदेखि निष्क्रिय रहेका बैंक खाता सक्रिय गर्न आग्रह गरेको छ ।  बैंकले नेपाल बंगलादेश र यूनाइटेड फाइनान्स आफूमा गाभिएपछि ती संस्थामा खोलिएका थुप्रै […]

May 6, 2025 - 08:29
 0
२० वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्दै नबिल बैंक 

काठमाडौँ । नबिल बैंकले निष्क्रिय खाता बन्द गर्ने भएको छ । बैंकले २० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारी गरेको हो । 

निष्क्रिय खाता बन्द गर्ने तयारी गरेको बैंकले लामो समयदेखि निष्क्रिय रहेका बैंक खाता सक्रिय गर्न आग्रह गरेको छ । 

बैंकले नेपाल बंगलादेशयूनाइटेड फाइनान्स आफूमा गाभिएपछि ती संस्थामा खोलिएका थुप्रै खाता लामो समयदेखि निष्क्रिय रहेको बताएको छ । ती खाताहरु सक्रिय गर्न बैंकले ग्राहकलाई असार १५ गतेसम्मको समय दिएको छ । 

सो अवधिमा पनि निष्क्रिय खाताहरु सक्रिय नभए बैंकले ती खाताहरु बन्द गर्ने जनाएको छ । खाता सक्रिय गर्न खातावालाहरु कानूनी हकवालाहरुले आफ्नो पहिचानसहित सम्बन्धित शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register