‘लाज शरणम्’ले अहिलेसम्म कति कमायो ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले राम्रो ओपनिङ गरेको छ । रिलिज भएको पहिलो दिन बुधबार एक करोड १० लाख रुपैयाँभन्दा बढीको कमाइ भएको निर्माण पक्षले बताएको छ । दोस्रो दिन बिहीबारको कमाइ भने सार्वजनिक भइसकेको छैन । ‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको छ । […]

Feb 28, 2025 - 07:40
 0
‘लाज शरणम्’ले अहिलेसम्म कति कमायो ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले राम्रो ओपनिङ गरेको छ ।

रिलिज भएको पहिलो दिन बुधबार एक करोड १० लाख रुपैयाँभन्दा बढीको कमाइ भएको निर्माण पक्षले बताएको छ । दोस्रो दिन बिहीबारको कमाइ भने सार्वजनिक भइसकेको छैन ।

‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको छ ।

कुमार कट्टेलको निर्देशनमा रहेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register