यस्तो छ आजको राशीफल (२०८१ फागुन १७ गते शनिबार)
मेष : धर्मकर्म र परोपकारी कार्यमा मन लाग्नेछ। अरूलाई प्रभावमा पार्न सकिएला। शुभ समाचार सुन्न पाइनेछ। चुनौतीको सामना गर्नुपर्ला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग पनि छ। वृष : दैनिक कार्यमा प्रगति हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। आँटे-ताकेको पूरा हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय [...] The post यस्तो छ आजको राशीफल (२०८१ फागुन १७ गते शनिबार) appeared first on Jhapa Online.

मेष : धर्मकर्म र परोपकारी कार्यमा मन लाग्नेछ। अरूलाई प्रभावमा पार्न सकिएला। शुभ समाचार सुन्न पाइनेछ। चुनौतीको सामना गर्नुपर्ला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग पनि छ।
वृष : दैनिक कार्यमा प्रगति हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। आँटे-ताकेको पूरा हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।
मिथुन : मनोरञ्जनमा सहभागी भइनेछ। नयाँ र शुभ समाचार सुन्नमा आउला। घरमा अतिथिको आगमन हुनेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
कर्कट : आयव्यय बराबरी हुनेछ। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला।
सिंह : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। समाजसेवामा मन जानेछ। नयाँ कार्यको थालनी हुनेछ। नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ।
कन्या : रोकिएका काम दोहोर्याएर प्रयत्न गर्दा सफल भइनेछ। धार्मिक तथा सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिबाट विशेष सहयोग होला। नयाँ कामको थालनी हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग पहिल्याइनेछ।
तुला : आफन्तको साथ र सहयोग मिल्नेछ। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। नजिकको मित्रसँग भेटघाट होला। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ।
वृश्चिक : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। सम्पत्ति हराउन सक्छ। साँझमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउला।
धनु : आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। ठीक समयमा सही निर्णय लिन सकिनेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।
मकर : शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेको कौतुहल मेटिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ।
कुम्भ : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।
मीन : झुटा आरोप खेप्नुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। खर्चको मात्रा बढ्नेछ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।
The post यस्तो छ आजको राशीफल (२०८१ फागुन १७ गते शनिबार) appeared first on Jhapa Online.
What's Your Reaction?






