च्याम्पियन्स ट्रफी : सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो । शनिबार राति पाकिस्तानको कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले हराएसँगै अन्तिम चार समीकरण पूरा भएको हो । यससँगै समूह ‘बी’बाट दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया उपविजेता बनेको छ । समान ३ खेलबाट दक्षिण अफ्रिकाले ५ […]

Mar 2, 2025 - 00:43
 0
च्याम्पियन्स ट्रफी : सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो । शनिबार राति पाकिस्तानको कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले हराएसँगै अन्तिम चार समीकरण पूरा भएको हो ।

यससँगै समूह ‘बी’बाट दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया उपविजेता बनेको छ । समान ३ खेलबाट दक्षिण अफ्रिकाले ५ र अष्ट्रेलियाले ४ अङ्क जोडेका हुन् । दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगै अफगानिस्तानलाई पनि हराएको हो । अष्ट्रेलियासँगको खेल भने वर्षाका कारण अनिर्णित भएर १–१ अङ्क बाँडिएको थियो ।

यस्तै अष्ट्रेलियाले इङ्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल भने वर्षाले प्रभावित बनेको थियो । यसले गर्दा अष्ट्रेलियाले दुवै टोलीसँग १–१ अङ्क बाँडेको थियो ।

यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्यान्ड भने बाहिरिएका छन् । अफगानिस्तानले ३ अङ्क जोड्न सफल रहँदा इङ्ल्यान्ड भने अङ्विहीन रहेको छ । । नवप्रवेशी अफगानिस्ताने इङ्ल्यान्डलाई हराएको थियो । क्रिकेटको परम्परागत शक्ति मानिएको इङ्ल्यान्डले भने सबै खेल हार्यो ।

समूह ‘ए’बाट न्युजल्यान्ड र भारत सेमिफाइनलमा पुग्ला बङ्गलादेश र आयोजक पाकिस्तान बाहिरिए । न्युजिल्यान्डले र भारत दुवैले बङ्गलादेश र पाकिस्तानमाथि जित निकाल्दै ४–४ अङ्क जोडेका छन् । बङ्गलादेश र पाकिस्तानबीच खेल भने वर्षाका कारण बाधक बनेको थियो । यसले गर्दा उनीहरूले १–१ अङ्क बाँडेका छन् ।

अब आज (आइतबार) हुने न्युजिल्यान्ड र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ । फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग भिडन्त गर्नेछ ।

समूह ‘बी’ विजेता दक्षिण अफ्रिकाले भारत वा न्युजिल्यान्ड प्रतिद्वन्द्वी पाउने छ । उपविजेता अष्ट्रेलियाले पनि यिनै दुईमध्ये एक प्रतिद्वन्द्वी पाउने छ ।

च्याम्पियन्स ट्रफी : समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register