शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब, झोलुङ्गे पुल बनाउन ८ अर्ब ९० करोड बजेट

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । सरकारले काठमाडौं उपत्यकाको करिडोर सडक बनाउन ३ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ । साथै, पुष्पलाल राजमार्ग दश स्थानमा सडक निर्माणका लागि […]

May 29, 2025 - 12:08
 0
शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब, झोलुङ्गे पुल बनाउन ८ अर्ब ९० करोड बजेट

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

सरकारले काठमाडौं उपत्यकाको करिडोर सडक बनाउन ३ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ । साथै, पुष्पलाल राजमार्ग दश स्थानमा सडक निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको पौडेलले जानकारी दिए ।

साथै, देशभरका सडक निर्माण तथा विस्तारका लागि ५ अर्ब ३६ करोड रुपैयाँ छुट्याइएको छ  भने स्थानीय पुल तथा झोलुङ्गे पुल बनाउन ८ अर्ब ९० करोड बजेट छुट्याइएको छ ।

पूर्व  नवलपरासीको सदरमुकाम विकासलाई ८० करोड बजेट दिइएको छ ।

साथै, भृकुटीकमण्डपमा अन्तराष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाइने पौडेलले जानकारी दिए ।

स्मार्ट सिटी र भिलेज अध्ययन गर्ने सरकारले योजना ल्याएको छ । साथै, सामूहिक आवासका लागि जग्गा उपलब्ध गराइने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register