क्रेमलिनले भन्यो- अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ

मस्को । क्रेमलिनले आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोजेको छ र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिएका छन् । “नयाँ प्रशासनले विदेश नीतिका सबै […]

Mar 2, 2025 - 12:55
 0
क्रेमलिनले भन्यो- अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ

मस्को । क्रेमलिनले आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोजेको छ र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिएका छन् ।

“नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ । यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भने, “अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठूलो क्षति भएको छ । तर यदि दुई नेताहरू, राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पको राजनीतिक इच्छाशक्ति कायम रहेमा यो मार्ग निकै छिटो र सफल हुन सक्छ ।”

पेस्कोभले यी टिप्पणीहरू बुधबार गरे पनि ती टिप्पणीहरू आइतबारमात्र सार्वजनिक गरिएका थिए ।

शुक्रबार ह्वाइट हाउसमा एक आश्चर्यजनक टेलिभिजन भिडन्तमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हप्काउँदै ट्रम्पले मस्कोसँग आफूलाई अझ जोडेका छन् ।

सन् २०२२ फेब्रुअरीमा आफ्नो छिमेकी विरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेको मस्कोले अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले युक्रेनलाई बिना शर्त समर्थन गरेकामा निन्दा गरेको थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register