बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, पुनर्बहाली भने नहुने

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले सफाइ पाएका छन् । सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठा विवरण पेश गरेर पदीय लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिएको हो । […]

Mar 2, 2025 - 13:01
 0
बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, पुनर्बहाली भने नहुने

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले सफाइ पाएका छन् ।

सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठा विवरण पेश गरेर पदीय लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिएको हो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी प्राधिकरणको अध्यक्षबाट निलम्बनमा परेका थिए । हाल भ्रष्टाचार मुद्दामा सफाइ पाए पनि कार्यकाल सकिएकाले उनको पुनर्बहाली भने हुनेछैन । 

अख्तियार स्रोतका अनुसार बीमा प्राधिकरणको अध्यक्ष ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान भएपनि सिलवालले ६६ वर्ष पुग्दा पनि पदमै बसेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको भन्दै उजुरी परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धान गर्दा सिलवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ फागुन २४ गते नागरिकता लिएको खुलेको र त्यसपछि उनले २०६६ सालमा नागरिकताको प्रतिलिपि लिएको देखिएको अख्तियारको दाबी थियो । जहाँ सिलवालको जन्ममिति २०१६ कार्तिक २२ गते उल्लेख छ । तर, निजामती सेवा प्रवेश गर्दा उनले आफ्नो जन्ममिति २०१५ साउन १५ गते उल्लेख गरेका थिए । सोही मितिलाई आधार मानेर सिलवालले निजामती सेवाबाट २०७३ साउन १५ गते अवकाश लिएका थिए ।

पछि बीमा प्राधिकरणको अध्यक्ष भएपछि सिलवालले आफ्नो जन्ममिति २०१८ कार्तिक २४ भएको दाबी गरे । सोही विवरण पेश गरेर उनले कूटनीतिक राहदानी, विशेष राहदानी लिएको र व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register