राष्ट्रपति सि जिन फिङको आठ नियम

काठमाडौँ । फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले चीनको कम्युनिष्ट पार्टीलाई परिर्वतन गर्ने आठ नियमको बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । शनिवार भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले सन् २०१२ मा चीनमा सि जिन फिङ राष्ट्रपति भएपछि आधुनिक समाजवादी चीन बनेको बताउनु […]

Apr 20, 2025 - 03:55
 0
राष्ट्रपति सि जिन फिङको आठ नियम

काठमाडौँ ।

फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले चीनको कम्युनिष्ट पार्टीलाई परिर्वतन गर्ने आठ नियमको बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

शनिवार भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले सन् २०१२ मा चीनमा सि जिन फिङ राष्ट्रपति भएपछि आधुनिक समाजवादी चीन बनेको बताउनु भयो ।
अध्यक्ष उप्रेतीले चीनको क्रान्ति सफल पार्ने नेतृत्व गर्नुहुने माओत्सेतुङको चर्चा गर्नुभयो । उहाँले सन् १९७८ मा देङ सियाओ

पिङको आर्थिक उदारीकरणको नीतिले पनि आधुनिक चीन निर्माणमा भूमिका खेलेको बताउनु भयो । अध्यक्ष उप्रेतीले आधुनिक समाजवादी चीन निर्माणमा भने राष्ट्रपति सि जिन फिङको आठ नियम महत्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष उप्रेतीले सि जिन फिङको आठ नियमकै कारण सन् २०१५ देखि २०२० को अवधिमा आधुनिक समाजवादी चीन निर्माण भएको तथ्य प्रस्तुत गर्नु भयो ।

फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव देवेन्द्र सिटौला लगायत फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालको तर्फबाट चीनको बिभिन्न स्थानको भ्रमण गरेर फर्कनु भएका बरिष्ठ कलाकार कृष्ण मल्ल र पत्रकार द्वय दिलबहादुर केसी तथा रोहन श्रेष्ठले समाजवादी चीन निर्माणमा सि जिन फिङको आठ नियमको बारेमा चर्चा गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register