ट्रम्पसँगको टसलपछि जेलेन्स्कीले भने : हामीलाई सम्पूर्ण युरोपको समर्थन मिलिरहेको छ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टसलपछि आफूलाई युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन् । युरोपबाट ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘दिगो शान्ति प्राप्त गर्ने कुरामा युरोपका प्रायः सबै नेता एकजुट छन्,’ उनले लेखेका छन्, ‘युक्रेनलाई वास्तविक सुरक्षा ग्यारेन्टी हुनुपर्छ भन्ने […]

Mar 3, 2025 - 03:39
 0
ट्रम्पसँगको टसलपछि जेलेन्स्कीले भने : हामीलाई सम्पूर्ण युरोपको समर्थन मिलिरहेको छ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टसलपछि आफूलाई युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन् ।

युरोपबाट ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘दिगो शान्ति प्राप्त गर्ने कुरामा युरोपका प्रायः सबै नेता एकजुट छन्,’ उनले लेखेका छन्, ‘युक्रेनलाई वास्तविक सुरक्षा ग्यारेन्टी हुनुपर्छ भन्ने सम्पूर्ण युरोपको माग हो ।’

जेलेन्स्कीले आफूले विगतमा अमेरिकी सहयोगका लागि कृतज्ञता व्यक्त नगरेको कुनै दिन पनि नभएको दोहोर्याएका छन् ।

‘हामी संयुक्त राज्य अमेरिकाको महत्त्व ‘स्पष्ट रुपमा बुझ्छौं । त्यहाँबाट प्राप्त सबै सहयोगका लागि हामी आभारी छौं । हामीले अमेरिकाप्रति कृतज्ञता व्यक्त नगरेको कुनै दिन छैन,’ उनले थपेका छन् ।

जेलेन्स्कीले आफू अझैपनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन् ।

‘म अझैपनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर हाम्रो शर्त यो छ– युक्रेनको आवाज सुनिनुपर्छ,’ बीबीसीको प्रश्नको जवाफमा भने ।

वास्तवमा, जेलेन्स्की खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी चाहन्छन् ।

यसअघि आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा धेरै युरोपेली देशका नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच चर्को बहस भएको थियो । यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि जेलेन्स्कीमाथि खनिएका थिए । जेलेन्स्कीको अपमान गरिएको भनेर विश्वभरका कतिपयले अमेरिकाको आलोचना गरिरहेका छन् ।

यो घटनापछि धेरै युरोपेली देशले खुलेर युक्रेनलाई समर्थन गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register