नियम मिचेर सूर्यज्योति लाइफ इन्स्योरेन्समा करोडौँ कर्जा प्रवाह, ८ करोड ऋण डुब्ने स्थिति !

काठमाडौँ । बीमा क्षेत्रमा प्रयाप्त ‘बदनामी’ कमाएको सूर्यज्योति लाइफ इन्स्योरेन्सले नियम मिचेर कर्जा दिएको पाइएको छ । बीमा प्राधिकरणले गरेको अनुगमनका क्रममा कम्पनीले नियम मिचेर सवारी, घरजग्गा र एड्भान्स कर्जाका नाममा करोडौँ रुपैयाँ अभिकर्तालाई दिएको पाइएको हो । कम्पनीले नियम मिचेर प्रवाह गरेको कर्जामध्ये ८ करोड रुपैयाँ ऋण उठ्नै बाँकी देखिएको अनुगमनमा सहभागी प्राधिकरणका एक […]

Mar 3, 2025 - 03:39
 0
नियम मिचेर सूर्यज्योति लाइफ इन्स्योरेन्समा करोडौँ कर्जा प्रवाह, ८ करोड ऋण डुब्ने स्थिति !

काठमाडौँ । बीमा क्षेत्रमा प्रयाप्त ‘बदनामी’ कमाएको सूर्यज्योति लाइफ इन्स्योरेन्सले नियम मिचेर कर्जा दिएको पाइएको छ । बीमा प्राधिकरणले गरेको अनुगमनका क्रममा कम्पनीले नियम मिचेर सवारी, घरजग्गा र एड्भान्स कर्जाका नाममा करोडौँ रुपैयाँ अभिकर्तालाई दिएको पाइएको हो ।

कम्पनीले नियम मिचेर प्रवाह गरेको कर्जामध्ये ८ करोड रुपैयाँ ऋण उठ्नै बाँकी देखिएको अनुगमनमा सहभागी प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार उठ्न बाँकी देखिएको कर्जाको अवधि पनि सकिएको छ । उठ्न बाँकी ८ करोड ऋणमध्ये दुई पाङग्रे सवारी खरिद प्रयोजनार्थ करिब ३ करोड रुपैयाँ, चार पाङग्रे सवारी खरिद प्रयोजनार्थ २ करोड ३५ लाख ५९ हजार रुपैयाँ, एड्भान्स कर्जाबापत अभिकर्तालाई दिइएको २२ लाख १८ हजार रुपैयाँ र घरकर्जामा प्रवाह गरिएको दुई करोड ४६ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

यसो त बीमा ऐनमा अभिकर्तालाई कर्जा दिन सकिने कुनै व्यवस्था गरिएको छैन । तर, कर्जा दिन नसकिने पनि ऐनमा उल्लेख नभएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले अभिकर्तालाई कर्जा दिइरहेको प्राधिकरणका ती अधिकारीको भनाई छ

अर्कोतर्फ यसरी नियम मिचेर करोडौँ कर्जा प्रवाह गरेपछि अभिकर्ता नै सम्पर्कविहीन भएपछि सवारीकर्जा, घरकर्जा र एड्भान्सका नाममा प्रवाह गरिएको ८ करोड ऋण डुब्ने स्थिति देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register