पशुपतिको बालुवा खानी भ्रष्टाचार प्रकरणमा ३ जना पक्राउ
काठमाडौँ । पशुपति बालुवाखानी प्रकरणमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् । उनीहरुलाई काठमाडौँ उपत्यका तथा विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका जोशी र श्रेष्ठ पूर्वस्थानीय विकास अधिकारी […]

काठमाडौँ । पशुपति बालुवाखानी प्रकरणमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् । उनीहरुलाई काठमाडौँ उपत्यका तथा विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका जोशी र श्रेष्ठ पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) हुन भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् । उनीहरुलाई विशेष अदालतले एक महिनाअघि पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको थियो ।
अदालतले प्रेमराज जोशी र राजुकुमार रेग्मीलाई ६-६ महिना कैद र महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ ।
What's Your Reaction?






