केपी ओली कप फाइनलमा कुमः सागरको साङ्गीतिक प्रस्तुति

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (सोमबार) मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रङ्गशालामा आज साँझ ६ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी एफसी र आर्मीले सङ्कटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको […]

Mar 3, 2025 - 07:48
 0
केपी ओली कप फाइनलमा कुमः सागरको साङ्गीतिक प्रस्तुति

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (सोमबार) मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

उक्त खेल दशरथ रङ्गशालामा आज साँझ ६ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी एफसी र आर्मीले सङ्कटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने छन् ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । फाइनलमा विश्वचर्चित इटालियन गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलमा कुमः सागर र पूर्ण राईको साङ्कगीतिक प्रस्तुति रहने छ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्र्डटे«ड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

बुफोन प्रधानमन्त्री ओलीलाई भेट्न बिहानै पुगे बालुवाटार, सँगै चियानास्ता

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register