प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ

मोरङ, १९ फागुन । उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका–७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल–१ सय २०, स्पास्पेन–१ सय ट्याब्लेट सहित पक्राउ [...] The post प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ appeared first on Jhapa Online.

Mar 3, 2025 - 08:34
 0
प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ

मोरङ, १९ फागुन । उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका–७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल–१ सय २०, स्पास्पेन–१ सय ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका –७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई ट्रामाडोल–७३ चक्की, स्पास्पेन–८० चक्की सहित पक्राउ गरेको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–१ का २९ बर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register