सेयर बजारमा गिरावट, १८७ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर २८७६ दशमलव ६६ को विन्दुमा पुगेको छ । सोमबार ३०० कम्पनीका एक लाख ३९ हजार पाँच सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको […]

Mar 3, 2025 - 09:48
 0
सेयर बजारमा गिरावट, १८७ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर २८७६ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

सोमबार ३०० कम्पनीका एक लाख ३९ हजार पाँच सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ रहेको छ ।

५१ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा बढ्दा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register