शुद्ध-स्पष्ट तथा वैदिक ‘आर्यवर्तपञ्चाङ्ग २०८२’ प्रकाशित

काठमाडौं । शास्त्रीय सन्दर्भसहितको आर्यावर्तपञ्चाङ्गम् २०८२ पात्रो प्रकाशित भएको छ । युवा पञ्चाङ्गकार डा. नारायणप्रसाद निरौला एवं डा. वासुदेवकृष्ण शास्त्रीसहित ज्योतिष, धर्मशास्त्र, इतिहासपुराण, न्याय, व्याकरणका आचार्यले आर्यावर्तपञ्चाङ्गम् २०८२ पात्रो तयार पारेका हुन् । पात्रोका आधारभूत विषयवस्तुको शस्त्रीय प्रमाणसहित प्रकाशित पञ्चाङ्गमा तिथि, नक्षत्र, योग वार करण, दैनिक सूर्योदय सूर्यास्त, दिनमान तारिखका साथै हरेक दिनका चाड पर्वको […]

Mar 3, 2025 - 14:15
 0
शुद्ध-स्पष्ट तथा वैदिक ‘आर्यवर्तपञ्चाङ्ग २०८२’ प्रकाशित

काठमाडौं । शास्त्रीय सन्दर्भसहितको आर्यावर्तपञ्चाङ्गम् २०८२ पात्रो प्रकाशित भएको छ । युवा पञ्चाङ्गकार डा. नारायणप्रसाद निरौला एवं डा. वासुदेवकृष्ण शास्त्रीसहित ज्योतिष, धर्मशास्त्र, इतिहासपुराण, न्याय, व्याकरणका आचार्यले आर्यावर्तपञ्चाङ्गम् २०८२ पात्रो तयार पारेका हुन् ।

पात्रोका आधारभूत विषयवस्तुको शस्त्रीय प्रमाणसहित प्रकाशित पञ्चाङ्गमा तिथि, नक्षत्र, योग वार करण, दैनिक सूर्योदय सूर्यास्त, दिनमान तारिखका साथै हरेक दिनका चाड पर्वको विस्तृत विवरण आर्यावर्त पञ्चाङ्गम् २०८२ मा समावेश गरिएको छ । शास्त्रीय प्रमाण र प्रयोक्ताका आवश्यकतालाई मध्यनजर गरी पात्रो तयार गरिएको पञ्चाङ्गकारहरूले बताए । प्रयोगकर्तालाई सजिलो होस् भन्ने उद्देश्यले प्रयुक्त विषयवस्तुको उदाहरण समेत पञ्चाङ्गमा राखिएको छ ।

वार्षिक भविष्य, वार्षिक राशिफल, शनि–साढेसातीको दशा एवं शानितका उपाय, अरिष्ट शान्तिका निम्ति महामृत्युञ्जयको जप विधि, माङ्गलिक दोष विचार र शान्तिका उपाय, नाडीदोष शान्तिका उपाय, गणदोष र परिहार यसैगरी भकूटदोष र शान्तिका उपाय पनि पात्रोमा शास्त्रीय प्रमाणसहित उल्लेख गरिएको छ ।

ज्योतिष एवं धर्मशास्त्रसम्बद्ध सङ्ख्याबद्ध विषयवस्तु पञ्चतत्तव, सप्त द्विप, अष्टाङ्ग योग, एकादशरुद्रलगायत एकदेखि १६ अङ्कसम्मका विशेषताको शस्त्रीय प्रमाणसहित चर्चा गरिएको छ । यसैगरी सङ्क्रान्ति फल, ऊनमासिक जुराउने रीति, मासिक गणना विधि, सूतिका मरण विधि, पञ्चक मरण विधि, द्वित्रिपुष्कर मरण विधिका साथै शान्तिका उपाय पनि पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

पञ्चाङ्गमा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण क्रियाकलापको विधि, विधान शास्त्रीय प्रमाणसहित उल्लेख गरिएको छ ।
पञ्चगव्य निर्माण, कर्मपात्र सम्पादन, स्वस्तिवाचन, शङ्ख–घण्टपूजा, प्रायश्चित्त गोदान, दीयो, कलश, गणेश पूजा, रक्षाबन्धन पूजा, वाग्दान विधि (विवाहको कुरो छिन्ने विधि) जन्मोत्सव पूजा पनि पात्रोमा उल्लेख गरिएको छ ।

यसैगरी गाई दान गर्ने गोदानपद्धति पनि पात्रोमा समावेश गरिएको छ । कुन कार्य गर्दा कुन औँलाको प्रयोग गर्ने ? पत्नी कुन समयमा कता बस्ने ? कुन देवताको कतिपटक परिक्रमा गर्ने ? श्राद्धमा तर्पण दिइने पितृको क्रम के हो ? आभ्युदयिक वा नान्दी श्राद्ध कतिदिन पूर्व गर्न सकिन्छ ? मातृकापूजा चक्र, विभिन्न पूजाका सामग्री, सप्ताह एकाह पाठ गर्ने विधि पनि पात्रोमा लेखिएको छ ।

फलादेशका निम्ति उपयोगी चक्र । ग्रहण, अश्लेषा, मूल र ज्येष्ठा नक्षत्र विचार, गण्डान्त विचार, प्राच्य मापन पद्धति, औँसीमा जन्म शान्ति विधि, कृष्णचतुर्दशी, ग्रहणमा आदि समयमा जन्मशान्ति विधि । हातमा तीर्थ, वर्षभरिका व्रतपर्व, थरगोत्र प्रवर, ग्रहशान्तिका अनेक उपाय, विवाह व्रतबन्धको लग्न जुराउने तरिका, पुराणश्रवण । वास्तु, कलशचक्रलगायत जुराउने चक्र, गृहवास्तु पूजा चक्र, दन्तोत्पत्ति फल, यात्रा विचार, होरा, वारवेलालगायत विभिन्न साइतसहितको प्रमाणिक पञ्चाङ्ग प्रकाशनमा आएको हो ।

पञ्चाङ्गमा शास्त्रीय सन्दर्भ पनि उल्लेख गरिएको छ । सम्पूर्ण धार्मिक कार्य एउटै पात्रको प्रयोगबाट सजिलै गर्न सकियोस् भनी यस्ता विषयवस्तु समावेश गरिएको पञ्चाङ्गकारले जनाएका छन् । पञ्चाङ्गको प्रकाशन ‘सनातन ज्ञान विज्ञान केन्द्र’ काठमाडौंले बजारमा ल्याएको हो । मूल पञ्चाङ्गसँगै गोजी पात्रो र भित्ते पात्रो पनि प्रकाशित हुने पञ्चाङ्गकारले जानकारी दिएका छन्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register