दोस्रो दिन पनि भारतीय कारबाही जारी, लाहोरमा विस्फोट, १२ ड्रोन खसालेको पाकिस्तानको दाबी

काठमाडौं । भारतले मंगलबार पाकिस्तानका विभिन्न ९ स्थानमा मिसाइल आक्रमण गरेपछि दुई देशबीच उत्पन्न उच्च तनावका बीच नियन्त्रण रेखामा गोलीबारी चलिरहेको छ । भारतीय र पाकिस्तानी सञ्चार माध्यमहरूले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् । पाकिस्तानी सेनाको आक्रमणमा एक जना भारतीय सैनिकको मृत्यु भएको छ । उता भारतले दोस्रो राति पनि पाकिस्तानमाथि सैन्य […]

May 8, 2025 - 09:09
 0
दोस्रो दिन पनि भारतीय कारबाही जारी, लाहोरमा विस्फोट, १२ ड्रोन खसालेको पाकिस्तानको दाबी

काठमाडौं । भारतले मंगलबार पाकिस्तानका विभिन्न ९ स्थानमा मिसाइल आक्रमण गरेपछि दुई देशबीच उत्पन्न उच्च तनावका बीच नियन्त्रण रेखामा गोलीबारी चलिरहेको छ । भारतीय र पाकिस्तानी सञ्चार माध्यमहरूले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।

पाकिस्तानी सेनाको आक्रमणमा एक जना भारतीय सैनिकको मृत्यु भएको छ । उता भारतले दोस्रो राति पनि पाकिस्तानमाथि सैन्य कारबाही जारी राखेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरिफ चौधरीले बुधबार राति १२ वटा भारतीय ड्रोन पाकिस्तानी सेनाले खसालेको दाबी गरेका छन् । डनन्युजका अनुसार उनले लाहोरमा विशाल विस्फोटको घटना भएको पनि बताएका छन् । उनले सो विस्फोट भारतीय ड्रोनका कारण भएको दाबी गरेका छन् ।

यसअघि मंगलबार राति भारतले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानी भूमिमा आतंकवादी ठेगानालाई लक्षित गरी मिसाइल आक्रमण गरेको दाबी गरेको थियो । उता पाकिस्तानले भने भारतीय आक्रमणमा ४६ जना सर्वसाधारण मारिएको बताएको छ । सो क्रममा पाँचवटा भारतीय लडाकु विमान खसालेको पाकिस्तानी दाबी छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register