झापा गाउँपालिकाका सामुदायिक विद्यालयका ३९५ विद्यार्थीलाई ४३ लाख छात्रवृत्ति

झापा, २३ चैत । झापाको झापा गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयका तीन सय ९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिनुभयो । पालिकास्थित डिल्लीराज मावि, जनकल्याण मावि र जनता माविको कक्षा–११ र १२ मा [...] The post झापा गाउँपालिकाका सामुदायिक विद्यालयका ३९५ विद्यार्थीलाई ४३ लाख छात्रवृत्ति appeared first on Jhapa Online.

Apr 5, 2025 - 06:10
 0
झापा गाउँपालिकाका सामुदायिक विद्यालयका ३९५ विद्यार्थीलाई ४३ लाख छात्रवृत्ति

झापा, २३ चैत । झापाको झापा गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयका तीन सय ९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

झापा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिनुभयो ।

पालिकास्थित डिल्लीराज मावि, जनकल्याण मावि र जनता माविको कक्षा–११ र १२ मा अध्यनरत तीन सय ९५ छात्रछात्रालाई रू ४३ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने निर्वाचित पालिका अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको नीति तथा कार्यक्रम अनुसार छात्रवृत्ति, साइकल वितरणजस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढेको समेत कार्यक्रमको अध्यक्ष समेत रहनु भएको थपलियाले बताउनुभयो ।

शिक्षा ,स्वास्थ र कृषिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको जिकिर गर्दै विद्यार्थीलाई पालिकाले गरेको सहयोगको प्रतिफल देखिनु पर्ने र त्यसको लागि शिक्षक ,विद्यार्थी र अभिभावकले गहन भएर अगाडि बढ्नु पर्ने समेत बताउनुभयो ।

कक्षा–११ मा अध्ययरत विद्यार्थीला जनही रू नौ हजार दुई सय ५०, कक्षा–१२ मा अध्यनरत विद्यार्थीलाई जनही रू ११ हजार दुई सय र प्राविधिक धार (बाली विज्ञान) मा ११–१२ मा अध्यनरत विद्यार्थीलाई जनही रू १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

The post झापा गाउँपालिकाका सामुदायिक विद्यालयका ३९५ विद्यार्थीलाई ४३ लाख छात्रवृत्ति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register