ओपन कन्सर्टका लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डनमा

  लन्डन । बेलाायतमा हुन गइरहेको १७ औं नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित  गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती  लन्डन आइपुगेका  छन्  । मगर संघ यूकेले १४ जुन शनिबार आयोजना गर्न लागेको नेपाली ओपन कन्सर्ट २०२५ मा प्रस्तुति दिन  उनीहरु लन्डन आएका हुन्  । यसैगरी  भ्वाइस अफ नेपाल सिजन ३ मा […]

Jun 12, 2025 - 05:05
 0
ओपन कन्सर्टका  लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डनमा

 

लन्डन । बेलाायतमा हुन गइरहेको १७ औं नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित  गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती  लन्डन आइपुगेका  छन्  ।

मगर संघ यूकेले १४ जुन शनिबार आयोजना गर्न लागेको नेपाली ओपन कन्सर्ट २०२५ मा प्रस्तुति दिन  उनीहरु लन्डन आएका हुन्  । यसैगरी  भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडा मगर पनि बेलायत आएका छन्  । कलाकारहरुलाई मगर संघ बेलायतका अध्यक्ष लालु पुनलगायतको टोलीले विमानस्थलमा स्वागत गरेको थियो ।

बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित  मगर  संघ यूकेले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको हो । करिब ५ हजार दर्शक सहभागी हुने सो कन्सर्टमा बेलायतका बेलायतका स्थानीय कलाकारले समेत नृत्य पनि प्रस्तुत गर्नेछन् ।

म्यूजिक फर युनिटी’ नाराका साथ बेलयतको  फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले बताएका छन् ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

भ्वाइस अफ नेपाली सिजन ६ का कोचसमेत रहेका  खेम सेन्चुरी र  गायिका अन्जु पन्त भने कार्यव्यस्तताका कारण  कन्सर्ट  सकिएलगत्तै भोलिपल्टै  नेपाल फर्कने कार्यक्रम छ ।

फोटो -लन्डन नेपाल न्यूज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register