साढे तीन करोडको लागतमा प्यागोडा शैलीको हरिहर मन्दिर निर्माण हुँदै, भक्तजनलाई सहयोगको अपिल

झापा, २९ जेठ । मोरङको पथरी–शनिश्चरे–२ स्थित देविगञ्ज प्राचीन प्यागोडा शैलीको श्रीहरिहर मन्दिर निर्माण थालिएको छ । श्री स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानले करिब ३ करोड ५० लाखको लागतमा मन्दिर निर्माण शुरु गरेको हो । मन्दिर निर्माण कार्य अन्तरगत हालसम्म १६ वटा पिलर (स्तम्भ), बेस बिम र ३ फिटको पल्म (फ्लोर लेभल) निर्माण भइसकेको प्रतिष्ठानका संयोजक [...] The post साढे तीन करोडको लागतमा प्यागोडा शैलीको हरिहर मन्दिर निर्माण हुँदै, भक्तजनलाई सहयोगको अपिल appeared first on Jhapa Online.

Jun 12, 2025 - 04:01
 0
साढे तीन करोडको लागतमा प्यागोडा शैलीको हरिहर मन्दिर निर्माण हुँदै, भक्तजनलाई सहयोगको अपिल

झापा, २९ जेठ । मोरङको पथरी–शनिश्चरे–२ स्थित देविगञ्ज प्राचीन प्यागोडा शैलीको श्रीहरिहर मन्दिर निर्माण थालिएको छ ।

श्री स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानले करिब ३ करोड ५० लाखको लागतमा मन्दिर निर्माण शुरु गरेको हो । मन्दिर निर्माण कार्य अन्तरगत हालसम्म १६ वटा पिलर (स्तम्भ), बेस बिम र ३ फिटको पल्म (फ्लोर लेभल) निर्माण भइसकेको प्रतिष्ठानका संयोजक स्वामी निर्विशेषानन्दले जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरको जस्तै परम्परागत नेपाली काष्ठकला झल्कने काठकै प्यागोडा शैलीमा दुई तले छानासहितको हरिहर मन्दिर निर्माण भइरहेको उहाँले बताउनुभयो । मन्दिरको चारैतर्फ प्रमुख कलात्मक काष्ठद्वारहरू राखिनेछ भने प्रत्येक टुँडाल, लकासी तथा अन्य संरचनामा भगवानका विभिन्न अवतार चित्रित हुने काष्ठकलाको प्रयोग गरिनेछ ।

“यो मन्दिर केवल धार्मिक पूजास्थल मात्र नभएर नेपाली कला, संस्कृति र आध्यात्मिक चेतनाको जीवन्त प्रतीक हुनेछ”, संयोजक स्वामी निर्विशेषानन्दले भन्नुभयो, “भक्तजनहरूको समर्पण र सहयोग नै यसको मूल आधार हो ।”

साँढे २ कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरको अनुमानित लागत ३ करोड ५० लाख रहेकाले श्रद्धालु भक्तजनहरुको सहयोग अत्यन्तै आवश्यक रहेको उहाँले बताउनुभयो । “निर्माण सम्पन्न गर्न ठूलो धराशी चाहिन्छ”, उहाँले भन्नुभयो, “मन्दिर निर्माणको यो पुण्य कार्यमा तन, मन, धन वा श्रमद्वारा सहभागी भई निःस्वार्थ सहयोग गर्न इच्छुक सबै श्रद्धालु भक्तजनहरूलाई प्रतिष्ठानले हार्दिक अपिल गर्दछ ।”

प्राचीन प्यागोडा शैलीमा अध्ययन र अनुसन्धानको धार्मिक पर्यटकीयस्थल
श्रीहरिहर मन्दिर एक प्राचीन शैलीमा निर्माणाधीन ऐतिहासिक र आध्यात्मिक स्थल भएकाले यो मन्दिर भक्तिभावको केन्द्र मात्र नभई एक महत्वपूर्ण धार्मिक पर्यटन तथा वास्तुकला–अध्ययन र अनुसन्धानको गन्तव्य बन्ने प्रतिष्ठानले जनाएको छ ।

नेपालको मौलिक प्यागोडा शैलीमा निर्माण भइरहेको यस मन्दिरमा तीनतले छाना, कलात्मक काठका झ्यालढोका, परम्परागत गजुर र वैदिक प्रतिमाहरू समेटिनेछन, जसले नेपालको सांस्कृतिक वास्तुकलाको जिवन्त नमूना प्रस्तुत गर्ने जनाइएको छ । काठमाडौं उपत्यकाको नेवारी शिल्पकला र हिमाली क्षेत्रको धार्मिक चिन्तनको संगमका रूपमा श्रीहरिहर मन्दिर स्थापत्य र अध्यात्मको अद्वितीय उदाहरण बन्ने प्रतिष्ठानको ठहर छ ।

श्रावण महिनाका प्रत्येक सोमबार यहाँ आयोजना हुने सवालाक्ष महामृत्युञ्जय जाप, विशेष यज्ञ, चण्डीपाठ, तथा वेद–पुराणमा आधारित प्रवचन कार्यक्रमहरूले यो स्थललाई आध्यात्मिक चेतनाको केन्द्र बनाएको जनाइएको छ । त्यस्तै, हरेक वर्षको महाशिवरात्रि महोत्सवमा आयोजित भव्य धार्मिक कार्यक्रमले यस मन्दिरलाई क्षेत्रीय मात्र होइन, राष्ट्रिय धार्मिक आकर्षणको रूप दिइरहेको संयोजक स्वामी निर्विशेषानन्दले बताउनुभयो ।

The post साढे तीन करोडको लागतमा प्यागोडा शैलीको हरिहर मन्दिर निर्माण हुँदै, भक्तजनलाई सहयोगको अपिल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register